धिरज र मिरुनाको ‘मैझारो’ सवैले हेर्न पाउने


विल्सन विक्रम राई ‘तक्मे बुढा’ को निर्देशन तयार भएको पहिलो चलचित्र ‘मैझारो’ को सेन्सर पास भएको छ। नेपाल सरकार अन्तर्गतको केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो। चलचित्र युनिभर्सल सर्टिफिकेट पाएपछि अब सबै उमेरका दर्शकले हेर्न पाउने छन्। पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई पर्दामा उतारिएको चलचित्रको कथा, पटकथा र निर्देशन राई स्वयंको छ।

चलचित्रमा धिरज मगर, मिरूना मगर, दिया पुन, सुनील थापा, कविता आले, पुस्कर गुरूङ, अभयराज बराल, उदय सुब्बा, बुद्धि तामाङ, रजनी गुरूङ, विशाल लिम्बू र सुभाष सिंह ठकुरी लगायत कलाकारहरूको अभिनय रहेको छ । ‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन सौरभ लामाले गरेका छन्। चलचित्रमा डी.बी.राई र सरिना लामा राई निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्