‘आ बाट आमा’ माघमा रिलिज हुने, यस्तो छ नयाँ पोष्टर


चलचित्र ‘आ बाट आमा’ टिमले रिलिज मिति तय गरेको छ। तिहारको लक्ष्मीपूजाको अवसर पारेर नयाँ पोष्टर सार्वजनिक गर्दै माघ १६ गतेलाई चलचित्रको टिमले रिलिज मिति तय गरेको छ। सार्वजनिक चलचित्रको पहिलो पोष्टरमा विपना थापा,प्रदीप रावत र पल शाह खुशी मुन्द्रामा देखिएका छन्। ग्रामीण परिवेशमा आधारित चलचित्रले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको संकेत पोस्टरले गरेको छ।

पोस्टरमा लेखिएको संवाद,‘बा आमाले परिश्रमले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं।’ले कथा आम नेपाली परिवारको यथार्थसँग गहिरो सम्बन्ध राख्ने देखिन्छ। चन्द्र पन्तको लेखन, पटकथा र निर्देशनमा र आर्या पन्तको प्रस्तुति मा निर्माण भएको चलचित्रमा विपना थापा,प्रदीप रावत,पल शाह,साईग्रेस पोखरेल,सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी,रवीन्द्र झा,गजित बिष्ट,हेमराज अधिकारी (खनत्या खलास),दिलिप उखेडा लगायत रहेका छन्।

ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा करण सिंह रसाइली रहेका छन्। आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार लिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्