चलचित्र ‘महादशा’ मा पूजा शर्मा अनुबन्ध


अभिनेत्री पूजा शर्मा नयाँ चलचित्रमा अनुबन्ध भएकी छिन्। तिहारको लक्ष्मीपुजाको दिन पूजा चलचित्र ‘महादशा’ मा अनुबन्ध भएकी हुन्। सोमबार अनुबन्ध भएकी अभिनेत्री शर्माले चलचित्रमा अनुबन्ध हुन पाउँदा खुशी लागेको बताइन्।

निर्माता किरण नेपालीको डेब्यु निर्देशन रहने चलचित्रमा यसअघि निरुता सिंह,उत्तम प्रधानका साथै हिपहप कलाकार हाकिम गुरुङ,प्रमोद अग्रहरि र प्रेमा लामगाढे अनुबन्ध भइसकेका छन्। अन्य कलाकारमा बिनोद न्यौपाने,रियर राई,प्रभात लामा,रामचन्द्र अधिकारी,कमल देबकोटा,पुस्कर भट्ट,दिनेस काफ्ले ,रन्जन कोइराला,युबिक राज शाह,स्मृति कल्मर,एलिज पुन लगायत को अभिनय रहने छ।

निर्देशक किरण नेपालीका अनुसार यो चलचित्रले समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई कथाको रुपमा प्रस्तुत गर्ने छ । लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा राजेन्द्र शाह, श्याम मगर र अमलादेवी राई निर्माताको रुपमा छन्। लामो समय प्राविधिक पक्ष र निर्माण नियन्त्रणमा सक्रिय सुरज आचार्य यसमा कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्