शोभित बस्नेतको चलचित्र ‘पीआर’ आउँदो मंसिर २६ गतेबाट प्रदर्शनमा आउने
शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘पीआर’ आउँदो मंसिर २६ गतेबाट प्रदर्शनमा आउने भएको छ। सलोन सलिना फिल्म्सको व्यानरमा बनेको चलचित्रले विदेश जाने नेपाली युवाको सपना, संघर्ष र त्यसका पछाडिका यथार्थ पक्षहरूलाई कथाको मुख्य विषय बनाएको छ। चलचित्रमा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी विमला खत्री म्याक्स गणेश बुढाथोकी कृष्ण थापा नवीन घायल को प्रमुख भूमिका रहेको छ।

रञ्जित साह र सन्तोष तिवारीको प्रस्तुतीमा तयार भएको चलचित्रको निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल रहेका छन्। चलचित्रको बारेमा निर्देशक बस्नेतले यो चलचित्रमा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देश भेट्ने बताए। उनले भने,‘‘पीआर’लाई “नेपालको कथा, नेपाली युवाको सपना र संघर्ष”का रूपमा दर्शकसामु ल्याउन लागेको छौँ। सायद दर्शकले फरक स्वाद प्राप्त गर्नुहुनेछ भन्नेमा विश्वास लिएको छु।’