चलचित्र ‘महादशा’ प्रभात लामा अनुबन्ध
नेपाली कमेडीमा पछिल्लो समय सक्रिय रहेका प्रभात लामा चलचित्रमा अनुबन्ध भएका छन्। किरण नेपालीको निर्देशनमा तयार हुने चलचित्र ‘महादशा’ मा उनि अनुबन्ध भएका हुन्। कमेडीमा सफलता हासिल गरिरहेका प्रभात चलचित्रको यात्रालाई लिएर उत्साहित रहेका छन्।

चलचित्रमा निरुता सिंह,उत्तम प्रधान, पूजा शर्मा, हाकिम गुरुङ,प्रमोद अग्रहरि र प्रेमा लामगाढे, बिनोद न्यौपाने, रियर राई, रामचन्द्र अधिकारी, कमल देबकोटा,पुस्कर भट्ट, दिनेस काफ्ले , रन्जन कोइराला, युबिक राज शाह ,स्मृति कल्मर, एलिज पुन लगायतका कलाकारको अभिनय रहेनछ ।
लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा मनिष गौतमको पटकथा,राज के.शाह , श्याम मगर र अमलादेवी राई निर्माताको रुपमा छन्। लामो समय प्राविधिक पक्ष र निर्माण नियन्त्रणमा सक्रिय सुरज आचार्य यसमा कार्यकारी निर्माताको रुपमा रहेका छन्।