मोफसलका दर्शक भेट्दै ‘बरिष्ठ बलराम’ टिम
चलचित्र ‘वरिष्ठ बलराम’को टिम मोफसल पुगेको छ । दर्शक भेट्न कलाकार सहितको टिम मोफसल पुगेको हो । काठमाडौंका दर्शकसँगको साक्षात्कारपछि ‘वरिष्ठ बलराम’ का कलाकार विजय बराल, समृद्धि अर्याल र निर्देशक सुरेन्द्र पौडेल मोफसलका दर्शक भेट्न निस्किएको हो । शुक्रबारदेखि ‘वरिष्ठ बलराम’को टिम पश्चिम नेपालका विभिन्न हलमा पुगेको छ । हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेको छ । “दर्शकले उत्साहजनक प्रतिक्रिया दिइरहनु भएको छ । हेर्ने अधिकांश दर्शकले नेपाली मौलिक कथासहितको चलचित्र भन्दै हेर्नैपर्ने चलचित्र भन्नु भएको छ,” निर्देशक पौडेलले भने, “चलचित्रले दर्शको मन जित्न सफल भएको छ । ”

तिहारको भाइटीकाको अवसर पारेर प्रदर्शनमा आएको चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय छ ।
वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा तयार भएको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी. घिमिरे छन् । चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडी ले लेखेका हुन् । मनकृष्ण महर्जन को छायांकन, प्रशान्त सिवाकोटीको संगीत, सम्राट बस्नेत को एक्सन निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन चलचित्रमा रहेको छ।





