‘जारी २’ ट्रेलरले दर्शकमा थप्यो उत्साह
यो बर्षको प्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्र ‘जारी २ ‘ को ट्रेलरलाई दर्शकले रुचाएका छन्। युट्युवमा सार्वजनिक भएको चलचित्रको ट्रेलरले ३ दिनमा उत्कृष्ट प्रतिक्रिया सहित १३ लाख बढी भ्युज पाएको छ। ट्रेलरमा प्राप्त भ्युज र प्रतिक्रियाले दर्शकमा यो चलचित्र लाई लिएर उत्साह रहेको प्रष्ट देखिन्छ। कार्तिक २१ गतेबाट रिलिज हुने चलचित्रमा दयाहाङ र मिरुनाको जोडीको साथमा विजय बरालको उपस्थितिलाई दर्शकले उत्साहको साथमा लिएका छन्।

ट्रेलरले लिम्बु समुदायको आफ्नो सांस्कृतिक पहिचान र त्यसको सेरोफेरोमा सामाजिक र पारिवारिक उकालो-ओरालोमा केन्द्रित हुने जनाउँ दिन्छ । उपेन्द्र सुब्बा लिखित तथा निर्देशित चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।
चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रले बक्स अफिसमा उत्कृष्ट व्यापार गर्ने अनुमान गरिएको छ ।





