‘परान’को बुकिङ खुल्यो, पारिवारिक दर्शक तान्ने अपेक्षा


कार्तिक १४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘परान’ को एडभान्स बुकिङ्ग खुल्ला भएको छ। चलचित्रले हालसम्म ६७ शोज पाएको छ भने रिलिजको दिनसम्म यसमा केहि वृद्धि हुने अनुमान गरिएको छ। बाइस्कोप सिनेमाको ब्यानरमा व्यापारिक घराना गोल्छा समूहका शेखर गोल्छा र विज्ञापन एजेन्सी प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको निर्माणमा चलचित्र तयार भएको हो।

भावनात्मक पारिवारिक कथानक बोकेको चलचित्रले बक्सअफिसमा पारिवारिक दर्शकलाई आकर्षित गर्ने अनुमान गरिएको छ। दीपक प्रसाद आचार्य (काकु) को डेब्यू निर्देशन रहेको चलचित्रमा निर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्यले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्