‘नेपहपको श्रीपेच ३’को डिजिटल अडिसन खुल्ल, निर्णायकमा मानस र गिरिश


‘नेपहपको श्रीपेच ३’ को औपचारिक घोषणा गरिएको छ । एक कार्यक्रमका बिच औपचारिक घोषणासँगै सिजन ३ का लागी डिजिटल अडिसन पनि खोलिएको छ । डिजिटल अडिसन कार्तिक २५ गते सम्म खुल्ला रहनेछ । नेपाली टेलिभिजनमा रियालिटी शोहरुको भिडमा र्‍याप बिधामा एक मात्र स्थापित नाम हो ‘नेपहपको श्रीपेच’ ।

डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने ‘नेपहपको श्रीपेच -३’ मा सहभागी हुनका लागि प्रतियोगीले www.nepalirap.com मार्फत आफ्नो प्रस्तुतिको भिडियो अपलोड गर्न सक्नेछन् । साथै नेपहपको श्रीपेचको अफिसियल फेसबुक पेज, अफिसियल WHATSAPP NUMBER 9707259961 र [email protected] मा आफ्नो प्रस्तुतिको भिडियो पठाउन सक्नेछन् । त्यसपछि प्राप्त अडिसन मध्य जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरिनेछ। डिजिटल अडिसनको लागि बिट Shreepech Studio युट्युब च्यानलबाट डाउनलोड गर्न सकिनेछ भने कपिराइट फ्री बिटमा पनि भिडियो बनाएर पठाउन सकिनेछ ।

‘नेपहपको श्रीपेच ३’ को विजेताले रु १० लाख नगत, वर्ल्ड टुरको अवसर एवम् विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन् साथै उपविजेताले नगद रु ५ लाख साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् ।

‘नेपहपको श्रीपेच’को पहिलो संस्करणको विजेता भाईबर साइमन हुन भने दोस्रो सिजनका विजेता योङ्ग वेभ हुन् । दामी मिडियाको प्रस्तुति रहेको ‘नेपहपको श्रीपेच’को कन्सेप्ट तथा डिजाइन सुदिप पोखरेलले गरेका हुन् । यस सिजनमा मानस घले, गिरिश खतिवडालाई मात्र निर्णायकको रुपमा सार्वजनिक गरिएको छ भने तेस्रो निर्णायक चाँडै नै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । कार्यक्रमको कार्यकारी निर्माताको रूपमा आदर्श विष्ट रहेका छन् भने निर्देशकिय टिमको लिड विक्रम खनालले गर्नेछन् ।

‘नेपहपको श्रीपेच ३’ मङ्सिरको अन्तिम साताबाट टेलिभिजनमा प्रसारण गरिनेछ । कार्यक्रमको ब्रोड्कास्टिङ्ग पार्टनर र भोटिङ्ग पार्टनर पनि केही दिनमा नै सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्