सुरक्षा पन्तको ‘धागो’ ट्रेलर सार्वजनिक


चलचित्र ‘धागो’ को ट्रेलर सार्वजनिक भएको छ। परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्याहरू, र सामाजिक दुरावस्थाको सङ्घर्षको कथालाई ट्रेलरमा प्रस्तुत गरिएको छ। आर्थिक समस्याका कारण परिवारमा दैनिक रुपमा सृजन हुने समस्या, चौनतीहरुलाई चलचित्रको ट्रेलरमा समावेश गरिएको छ ।

Screenshot

उदिप राणा थापा निर्देशित यो चलचित्र नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखेर बुनिएको छ। यसले एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई प्रतिबिम्बित गर्ने निर्देशकले बताए। चलचित्रमा अभिनेत्री सुरक्षा पन्त को प्रमुख भूमिका रहेको छ । उनीसंगै प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकारको अभिनय रहेको छ। अभिनेत्री वर्षा राउत केमियो भूमिकामा देखिनेछिन्।

चलचित्रको निर्माण फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउस ले गरेको हो र निर्माण टिममा उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन्। चलचित्रको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम. घोघले गरेका हुन्। चलचित्र कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलहरूमा एकसाथ रिलिज हुने तयारीमा छ।

प्रतिक्रिया दिनुहोस्