‘मन बिनाको धन’ लाई युनिभर्सल सर्टिफिकेट, प्रमोद र शिवले गाए टाइटल गीत


कार्तिक २१ गते शुक्रबारबाट रिलिज तयारीमा रहेको चलचित्र ‘मन बिनाको धन’ को सेन्सर सम्पन्न भएको छ । चलचित्र जाँच पास समितिले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको छ । अव यो चलचित्रलाई सबै उमेर समुहका दर्शकले हेर्न सक्नेछन्। अशोक दर्जीको जिरो देखि हिरो सम्मको यात्रा समेटिएको चलचित्रलाई दर्शकले चासोका साथमा हेरिरहेका छन्।
टंक बुढाथोकीको निर्माण र निर्देशनमा तयार भएको चलचित्रमा अशोक दर्जी प्रमुख भूमिकामा रहेका छन्।

सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ।

चलचित्रको कथा बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन् । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा तयार भएको चलचित्रकी निर्मात्री विष्णुमाया मैनालीले हुन् भने कार्यकारी निर्मातामा सपना शर्मा ( सपना) रहेकी छिन् । यस्तै जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे सहनिर्मातामा रहेका छन् । टिकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन् ।

शिव परियार र प्रमोद खरेलको आवाजमा शिर्ष गीत

यहि बीचमा चलचित्रको निर्माण टिमले नयाँ गीत सार्वजनिक गरेको छ। गीतमा प्रमोद खरेल र शिव परियारको स्वर रहेको छ। ‘यो धनले’ बोलको गीतमा टंक बुढाथोकीको शब्द र संगीत रहेको छ। गीतको अडियो निकै कर्णप्रिय सुनिएको छ। भिडिओमा भने चलचित्रका अचल दृश्य समावेश गरिएको छ।

प्रतिक्रिया दिनुहोस्