‘रमिताको पिरती’ बाट समिर श्रेष्ठको डेव्यु, संगै देखिदै धिरज मगर
चलचित्र ‘रमिताको पिरती’ को केहि समय अगाडी छायांकन सम्पन्न भएको थियो। सुदिप्ताको निर्देशनमा तयार भएको यो चलचित्रको फर्स्ट लुक सार्वजनिक गर्दै निर्माण टिमले माघ २३ गतेलाई रिलिज मिति तय गरेको छ। अभिनेत्री आना शर्मा मुख्य भूमिकामा रहेको चलचित्रमा तीन नायकको अभिनय रहेको छ। विनय श्रेष्ठ, धिरज मगर र गायक समिर श्रेष्ठ यो चलचित्रमा अभिनेताको रुपमा देखिदैछन्। गायनमा आफुलाई अव्वल रुपमा स्थापित गरेका समिरको यो डेव्यु चलचित्र हो।

महिला केन्द्रित यो चलचित्रको फस्टलुकमा नायिका आना शर्माका विभिन्न लुक्स देख्न सकिन्छ । चलचित्रमा उनी ‘रमी’ पात्रको भूमिकामा छिन् । उनीसँग जोडिएका पात्र र उनको कथाको वरिपरी यो चलचित्र बनेको छ । सागर लम्साल निर्माता रहेको चलचित्रमा आर.पी प्रोडक्सन एसोसियट निर्माता र अभिनेत्री आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माताको रुपमा रहेका छन्। चलचित्रमा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत छ ।
कार्यक्रममा बोल्दै नव–नायक समीर श्रेष्ठले आफू यो चलचित्रमा संगीतकारको रुपमा जोडिएको र कथावस्तु मन परेपछि काम गरेको सुनाए । यस्तै, नायिका आना शर्माले ४ वर्ष अगाडि नै यो कथा आफूले सुनेको र यसको कथावस्तु फरक लागेकाले जोडिएको सुनाइन् ।





