उमर खानलाई लिएर चलचित्र ‘कंगाल करोडपती’ को निर्माण घोषणा


चलचित्र ‘कंगाल करोडपती’ को निर्माण घोषणा भएको छ। राजु श्रेष्ठको निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्रमा कैफ खानको लगानी रहनेछ । सुमन गजमेरको कथा, पटकथा तथा संवाद रहेको चलचित्रमा उमर खान र पदम लोहारको मुख्य भूमिका रहेको छ।

सामाजिक संजालमा निकै पपुलर रहेका उमरले चलचित्र ‘होस्टेल ३’ बाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेका थिए। उनको छोटो तर प्रभावकारी भूमिका चलचित्र मा रहेको थियो। अव उनि चलचित्रमा प्रमुख भूमिकामा देखिन लागेका हुन् । चलचित्रको कार्यकारी निर्माता मनोज केसी हुन्।

चलचित्रका अन्य कलाकार फाइनल गर्न बाँकी रहेको छ। चलचित्रको छायांकन फागुनबाट हुने जानकारी निर्माण टिमले दिएको छ। चलचित्रले एउटा सामान्य मान्छे करोडपति र करोडपति बनेपछि कसरी कंगाल बन्छ भन्ने कथालाई प्रस्तुत गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्