प्रभात र स्मारिकाको चलचित्र ‘मुगलान’ को टिजर सार्वजनिक
प्रभात पल ठकुरी र स्मारिका ढकाल प्रमुख भूमिकामा रहेको चलचित्र ‘मुगलान’ को टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक टिजरले आर्थिक अभाव झेलेका एक युवा परिवारलाई सुखमा राख्नका लागि मजदुरी गर्न भारत पुग्दा भोगेको पिडा र अत्याचारको कथा बोलेको छ।

पुष १० गतेबाट प्रदर्शनमा आउने चलचित्रमा श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ।
रिहान प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रका निर्माता गोमन सिंह रहेका छन्। आशिष ढकालको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा रिता चौधरी को- प्रोड्युसरको रुपमा रहेकी छिन्। चलचित्रमा अजय रेग्मीको डिओपी, तारा थापा ‘किम्भे’को सम्पादन,जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको छ।
किरण भुषालको संगीत रहेको चलचित्रमा शान्तीश्री परियार,प्रताप दास, बेनिशा पौडेल,हरि गिरी (विमर्शी) लगायतले स्वर दिएका छन् ।





