६ जना चर्चित कमेडियनले अमेरिकालाई हसाउने


नेपालका ६ जना चर्चित कमेडियनले अमेरिकालाई एकसाथ हसाउने भएका छन्। ‘हाँस्छ अमेरिका : भोल्युम १’ नामक स्ट्यान्डअप कमेडी टूरमा भरतमणी पौड्याल, सुमन कोइराला, कैलाश कार्की, सुमन कार्की, मेक्सम गौडेल र सजन श्रेष्ठले प्रस्तुती दिनेछन्।

फेम नेपाल र सनराइज इन्टरटेनमेन्टले संयुक्तरुपमा यो टुरको आयोजना गर्न लागेको हो। ‘कलाकारको भिसासहितका प्रक्रिया सकिएसँगै टूर आयोजना हुने निश्चित भएको छ’ आयोजक फेम नेपालका प्रमुख बिमलकुमार पछाईले भने । डिसेम्बरदेखि जनवरीसम्म १५ भन्दा धेरै अमेरिकी सहरमा टूर हुन लागेको जानकारी समेत उनले दिए । यद्यपी, आयोजना थलो र मिति तय हुन बाँकी छ ।

‘ यी सबै प्रतिभाशाली कलाकारले अमेरिकाभरका नेपाली दर्शकलाई हाँसो, रमाइलो र सन्देशमूलक मनोरञ्जन प्रदान गर्नेछन्’ पछाईले भने, ‘अब सहर बुकिङ खुला भएको छ ।’ उनले आफ्नो सहरमा टूर आयोजना गर्न चाहने स्थानीय आयोजक, समुदायका प्रतिनिधि र इभेन्ट प्रमोटरलाई सम्पर्क गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्