‘आ बाट आमा’ को दुई नयाँ पोष्टर सार्वजनिक


चलचित्र ‘आ बाट आमा’ माघ १६ गतेबाट रिलिज हुने भएको छ। चलचित्रको निर्माण टिमले चलचित्रको नयाँ २ वटा पोष्टर सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक पोष्टरमा चलचित्रको कथावस्तु झल्काइएको छ। चलचित्रको एक पोष्टरमा विपना थापा,प्रदीप रावत,पल शाह, उषा उप्रेती, सिमरन पन्त खुशी देखिएका छन्। सोही ठाउमा साइग्रेस पोखरेल पनि खुशीमुन्द्रामा देखिन्छन्। अर्को पोस्टरमा भने सबै भावुक छन्।

श्रीमान श्रीमतीको भुमिकामा रहेको विपना र प्रदीप अगालोमा बेरिएर रोइरहेको देख्न सकिन्छ भने छोराको भुमिकामा रहेका पल शाहको रगताम्य छन्। पोष्टरमा ‘बा आमाले पसिनाले घर बनाउनु भयो,हामीले रहर र बाध्यता ‘पासपोर्ट’बनाउनु पर्यो’ भन्ने स्लोगन राखिएको छ । चलचित्रले आमाबाबु र सन्तानबीचको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरेको छ। चन्द्र पन्तको लेखन तथा निर्देशन रहेको चलचित्रमा विपना थापा,प्रदीप रावत,पल शाह,उषा उप्रेती, साईग्रेस पोखरेल,सिम्रन पन्त, विशाल पहाडी,रवीन्द्र झा,गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास),दिलिप उखेडा,रचना गौतम लगायतका कलाकारको अभिनय रहेको छ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता हुन् भने कार्यकारी निर्मातामा करण सिंह रसाली रहेका छन्। नवराज उप्रेतीले खिचेको चलचित्रको अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार बिक्रि भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्