हिडेरै अमेरिका जानेहरुको कथामा ‘वन इन ट मिलियन’ रिलिज
विशाल सापकोटाको लेखन तथा निर्देशनमा तयार भएको सर्ट फिल्म ‘वन इन अ मिलियन’ युट्युबमा सार्वजनिक गरिएको छ । हिडेर अमेरिका पुग्नेहरुको कथा समावेश सर्ट मुभीमा हसन राजा खान मुख्य भूमिकामा छन् ।

सुभाष थापा, नरेन्द्र साउद, सुरज खत्री, प्रिन्स नेगी, हेमन्त न्यौपाने, मुरताजा अजिज र रेसाद खलिलले यो छोटो फिल्ममा अभिनय गरेका छन् । सुनिता भण्डारीको लगानीमा तयार भएको सर्ट फिल्ममा हिडेरै अमेरिका जाने नेपालीहरुको कथा, अमेरिका पुगेपछि उनीहरुले भोगेको जीवनशैलीलाई मुख्य बिषय बनाएको छ ।
‘वन इन अ मिलियन’ ‘इजिप्टियन अमेरिकन फिल्म फेस्टिभल–२०२५, फिल्ममेकर सिजन भोल्यूम ११–२०२५’मा छनोट पनि भइसकेको छ । यो छोटो फिल्ममा कुनै पनि संवाद छैन । तर, कथाले भन्न खोजेको कुरा दृश्य र कलाकारहरुको अभिनयबाट स्पष्ट वुझ्न सकिन्छ ।




