बक्स अफिसमा ‘परान’ को छलाङ्ग, वर्ड अफ माउथको प्रभाव उच्च


चलचित्रको वर्ड अफ माउथ बलियो भएपछी व्यापारमा यसले कस्तो प्रभाव पर्छ भन्ने उदाहरण नेपाली चलचित्र क्षेत्रमा धेरै रहेका छन्। एतिहासिक चलचित्र ‘पूर्णबहादुरको सारंगी’ यसको उदाहारण थियो। कमजोर ओपनिङ्गका बाबजुत झन्डै ५० करोड बराबरको व्यापार नेपाली बक्स अफिसमा गर्न सफल भएको थियो।

त्यस्तै अर्को एक चलचित्र त्यहि दौडमा देखिएको छ। ६४ शोमा ६ लाख बरबारको ओपनिङ्ग गरेको चलचित्र ‘परान’ अहिले एतिहासिक कमाईको दौडमा हिडेको छ। आजबाट तेश्रो हप्तामा प्रवेश गरेको चलचित्रले दुइ हप्तामा ७ करोड ५० लाख बराबरको कमाई गर्न सफल भएको छ । रिलिजको पहिलो हप्ता भन्दा दोश्रो हप्तामा चलचित्रले झन्डै दोब्बर कमाई गरेको छ। चलचित्रको कमाईको रफ्तारमा कमी देखिएको छैन । सोहि कारण यो चलचित्रको बक्स अफिस कलेक्सन आकर्षक हुने देखिएको छ। रिलिजको तेश्रो हप्ताको दिन पनि चलचित्रको शो संख्या र बुकिङ्ग आकर्षक रहेको छ।

अभिनयमा पोख्त कलाकार भएपनि बक्स अफिस आकर्षणको हिसाबले कमजोर मानिएका कलाकारको कारण पनि चलचित्रलाई सुरुवाती दिनमा त्यस्तो चासोका साथमा हेरिएको थिएन। तर बलियो कथावस्तु र आकर्षक अभिनयको कारण चलचित्रले दर्शकको मन जित्न सफल भयो। वर्ड अफ माउथ बलियो भएको कारण रिलिजको केहि दिन देखि चलचित्रले व्यापारको रफ्तार समात्यो।

बाइस्कोप सिनेमाजको प्रस्तुतीमा तयार भएको चलचित्रलाई दिपक प्रसाद आचार्यले निर्देशन गरेका हुन्। शेखर गोल्छा र रञ्‍जित आचार्य निर्माता रहेको चलचित्रमा निर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी , प्रविन खतिवडा, महेश त्रिपाठी, अञ्जना बराइली लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्