अशोक दार्जीको ‘मन बिनाको धन’ ले पहिलो हप्ता कति कमायो ?


टंक बुढाथोकीको निर्देशनमा तयार भएको चलचित्र ‘मन बिनाको धन’ ले बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ। ‘परान’ को दबदबा र ‘जारी २’ को क्रेज बीचमा कम शोका साथ रिलिज भएको चलचित्रले बक्स अफिसमा १ करोड ६७ लाख बराबरको कलेक्सन गर्न सफल भएको छ । अशोक दर्जीको जीवनको कथा भित्र टिचरको जीवन यात्रा समावेश चलचित्रको कथाले दर्शकको मन जितिरहेको छ।

बिशेष गरि अशोक दर्जीको क्रेज हलमा आकर्षक देखिएको छ। उनलाई हेर्न हरेक उमेर समुहका दर्शक हलमा पुगेका छन्। उनलाई भेट्दा दर्शक भावुक बनेका दृश्य सामाजिक संजाल भरि पाउन सकिन्छ।

‘कथा जिरोदेखि हिरोसम्म’ ट्यागलाइन दिइएको चलचित्रमा अशोकका साथमा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, निता ढुङ्गाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल र विजय डङ्गोल लगायतका कलाकारको अभिनय छ । चलचित्रकी निर्माता विष्णु माया मैनाली हुन् भने कार्यकारी निर्माता सपना शर्मा रहेकी छिन् । जीपी संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्माताका रूपमा छन् ।

प्रतिक्रिया दिनुहोस्