कस्तो छ ‘झरिपछिको इन्द्रेणी’ को पहिलो गीत ‘फसायो लमीले’ ?


हास्य टेलिसिरियल ‘सक्किगोनी’ निर्देशन गरेर चलचित्र निर्देशनमा डेव्यु गरेका अर्जुन घिमिरे ‘पाँडे’ को पहिलो चलचित्रको ‘झरिपछिको इन्द्रेणी’ को पहिलो गीत ‘फसायो लमीले’ सार्वजनिक भएको छ। समीक्षा अधिकारी र वसन्त थापाको स्वर रहेको गीतमा रमेश परियारको शब्द तथा संगीत संयोजन रहेको छ। यो गीत काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

रमेश उप्रेती, दीपाश्री निरौला, अञ्जली अधिकारी, प्रदीप लामासहितका कलाकारलाई प्रस्तुत गरिएको भिडियोलाई मौसम हिमालीले कोरियोग्राफ गरेका छन्। केटाकेटीबीचको रमाइला नोकझोंकलाई भिडियोमा प्रस्तुत गरिएको छ। चलचित्रमा गणेश उप्रेती, दिपाश्री निरौला, रमेश उप्रेती, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, देशभक्त खनाल, विमोचन दवाडी, जेसिका पोखरेल, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य लगायतले अभिनय गरेका छन् ।

अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको चलचित्रमा अनु थापा, पंकज खड्का र राम कार्की सह-निर्माता रहेका छन्। निर्देशक घिमिरे स्वयंको कथा लेखन रहेको चलचित्रमा गणेश कार्की र विशाल घिमिरेको पटकथा तथा संवाद रहेको छ। चलचित्र पौष ४ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्