सकियो ‘कुमारी’ को छायाङ्कन, दिनेशले भित्र्याए दुई नयाँ मुहार
प्रेम कथामा चलचित्र निर्माणमा सफल ठहरिएका दिनेश राउतको अर्को प्रेम कथानक चलचित्र ‘कुमारी’ को सम्पूर्ण छायाङ्कन सकिएको छ। केहि वर्षा सामाजिक मुद्धाका कथालाई चलचित्रको पर्दामा प्रस्तुत गरेका राउत पुन: प्रेमकथानक चलचित्रमा फर्किएका हुन्। भाद्र १७ गतेबाट सुरु भएको चलचित्रको सम्पूर्ण छायांकन शनिबार सकिएको हो। चलचित्रको रिलिज मिति केहि समयमा नै घोषणा गर्ने तयारीमा निर्माण टिम रहेको छ ।

चलचित्रबाट दुई नव- कलाकारको प्रवेश नेपाली चलचित्र क्षेत्रमा हुँदैछ। चलचित्रको प्रमुख भूमिकामा अभिषेक खड्का र आकृति राजभन्डारी रहेका छन्। चलचित्रमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहार लगायतको अभिनय रहेको छ। बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमसँग सहकार्य गरेर निर्माण गरेको चलचित्रका निर्माता महेन्द्र अधिकारि हुन्। बिकास सुवेदीको कथा रहेको चलचित्रलाई सुसन प्रजापतिले खिचेका छन्।
यहि चलचित्रबाट पार्श्व गायनमा अहिलेका पुस्ताका सफल गायक केहर सिंह लिम्बुले डेव्यु गरेका छन्। केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीको संगीत रहेको चलचित्रका चार वाट गितमा केहरले स्वर भरेका छन् ।




