‘मुगलान’ को पहिलो गीत ‘पिन्टु पियारी’ सार्वजनिक


म्युजिक भिडियोमा सफल मोडल स्मारिका ढकालको डेव्यु चलचित्र ‘मुगलान’ को गीत सार्वजनिक भएको छ। पौष १० गतेबाट रिलिज तयारीमा रहेको चलचित्रमा समावेश पहिलो गीत ‘पिन्टु पियारी’ सार्वजनिक गरिएको हो । हरि गिरी (विमर्शी) र शान्तिश्री परियारको स्वर रहेको गीतमा हरि स्वयंको शब्द र संगीत रहेको छ।

गीतको भिडियोमा प्रभात पाल ठकुरी र स्मारिका ढकाल छमछमी नाचेका छन् । देवेन्द्र कुँवरको कोरियोग्राफी रहेको गीतको भिडियोमा एक-अर्काप्रति व्यक्त गरेको प्रेमभाव प्रस्तुत गरिएको छ। गोमन सिंह निर्माता, रिता चौधरी सह-निर्माता रहेको चलचित्रमा आशिष ढकालको लेखन तथा निर्देशन रहेको छ।

चलचित्रमा प्रभात र स्मारिकासहित श्री शिवांशी, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, खड्ग बहादुर पुन (ख.ब.पु.), राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम, सबिन बास्तोला लगायतको पनि अभिनय रहेको छ ।

चलचित्रमा अजय रेग्मीको डीओपी, तारा थापा ‘किम्भे’ को सम्पादन, जय बिष्ट र राम गुरुको द्वन्द्व निर्देशन, रिदम कँडेलको ब्याकग्राउन्ड म्यूजिक तथा किरण भुषालको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्