चलचित्र ‘द ब्लू लाइट’ को प्रदर्शन मिति हेरफेर
मङ्सिर १२ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘द ब्लू लाइट’ को प्रदर्शन मिति हेरफेर भएको छ । अव चलचित्र पौष १० गतेबाट रिलिज हुनेछ। निर्माण टिमले चलचित्रको नयाँ पोष्टर सार्वजनिक गर्दै रिलिज मितिको बारेमा जानकारी गराएको हो । सार्वजनिक पोस्टरमा महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशीलाई प्रस्तुत गरिएको छ । उनीहरूको अनुहारमा तनाव, नैराश्यता र बदलाको भाव देखिन्छ ।

बलिराम चौहानको लेखन तथा निर्देशन रहेको चलचित्रकी कार्यकारी निर्मात्री बेनिशा हमाल हुन्। चलचित्रमा सुरक्षा इटानी, ग्रिसमा कटुवाल, सहारा शर्मा लगायतको अभिनय रहेको छ । चलचित्रको निर्माता बलिराम चौहान हुन् भने सह-निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे रहेका छन् । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन तथा लोकेश बज्रचार्यको सम्पादन छ ।






