अभिनेत्री साम्राज्ञी शाहले गरिन् इन्गेजमेन्ट
साम्राज्ञी शाह आज आफ्नो ३० औं जन्मदिन मनाउदैछिन्। नेपाली चलचित्र क्षेत्रमा सानदार डेव्यु गरेकी शाहको करियर पछिल्लो समय सोचेजस्तो रफ्तारमा चल्न सकेको छैन।

यहि बीचमा साम्राज्ञीले आफ्ना फ्यानलाई सप्राइज दिएकी छिन्। उनले जन्मदिनको एकदिन अगाडी इन्गेजमेन्ट गरेको घोषणा गर्दै रोमान्टिक तस्विर सार्वजनिक गरेकी छिन्। साम्राज्ञीले सार्वजनिक गरेका तस्विरमा उनले हुनेवाला श्रीमानको आधा मुहार मात्र देखाएकी छिन्। बाँकी जानकारी देखि पनि सार्वजनिक गरिएको छैन।
उनले तस्विर सार्वजनिक गर्दै प्रेमिल भाव समेत पोखेकी छिन्। उनी लेख्छिन्, ‘जसको लागि मैले प्रार्थना गरेँ । मेरो भाषा बोल्न सक्ने शान्त आत्मा । कहिल्यै समात्न नसकिने शब्दहरूसहित आभारी छु । तिम्रो आँखा मेरो आँखासँग ठोक्किँदा सिर्जना भएको एक जादू । एक मौन कुराकानी जसले धेरै कुरा बोल्छ । फेरि चिप्लिन नदिइकन मेरो हातलाई बलियोसँग समातेकोमा धन्यवाद । तिमीले मलाई सम्झायौ कि माया गर्नु सजिलो छ । दयालु र कोमल हुनु । सधैं र सधैंभरि मेरो हृदय समात्नू ।’






