विदेशमा बढ्दो ‘आ बाट आमा’ को माग, ४ देशमा एकसाथ बिक्यो
चन्द्र पन्त निर्देशित चलचित्र ‘आ बाट आमा’ माघ १६ गतेबाट नेपालमा रिलिज हुँदैछ। नेपालसंगै चलचित्र विदेश माग पनि बढिरहेको छ। आर्या इन्टरटेन्मेन्टले निर्माण गरेको चलचित्रको युएई, कतार, बहराइन र इजरायलका प्रदर्शन अधिकार बिक्री भएको छ। निर्माण पक्षले बिहिबार यि चार वटा देशमा चलचित्र सोल्ट आउट भएको जानकारी दिएको छ। यसअघि चलचित्रको अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले लिइसकेको छ।

निर्देशक पन्तको कथा रहेको चलचित्रमा विपना थापा,प्रदीप रावत,पल शाह,साईग्रेस पोखरेल,अंशु महर्जन,सिम्रन पन्त,उषा उप्रेती, विशाल पहाडी,रवीन्द्र झा,गजित बिष्ट,हेमराज अधिकारी,दिलिप उखेडा,रचना गौतमको अभिनय रहेको छ। चलचित्रले आमाको संघर्ष, जिम्मेवारी र समाजले आमाप्रति देखाउने व्यवहारलाई केन्द्रमा राखेको बताइएको छ।






