‘किन लाग्छ माया’ चैत्रमा रिलिज हुने
चलचित्र ‘किन लाग्छ माया’ चैत ६ गतेबाट प्रदर्शनमा आउने भएको छ । प्रेम कथामा आधारित चलचित्रको फर्स्टलुक पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति तय गरेको हो। पोष्टर मार्फत चलचित्रको कथावस्तु र पात्रहरूको अवस्थालाई झल्काउने प्रयास गरिएको छ ।

पोस्टरमा मुख्य कलाकारहरू सञ्जित भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापालाई देख्न सकिन्छ । सञ्जित र जाहन्वी रोमान्टिक देखिएका छन् भने सेडो र ऋचाको अनुहारमा पीडाको भाव देखिन्छ ।
कुवेर तामाङको निर्देशन तथा सञ्जित भण्डारी र मोनु खड्काको निर्माणमा तयार भएको चलचित्रमा धिरेन शाक्य, पवित्रा साकी मिस पबी, हिउबाला गौतम, सविन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, राजेन्द्र खड्की, गीता अधिकारी, निरोज खुलाल, सम्रान्त थापा, रविन्द्र खड्का, सुनील कटुवाल, रामकाजी घिमिरे लगायतको अभिनय रहेको छ ।चलचित्रको कथा सेडो रियलको अवधारणामा आधारित छ भने पटकथा र संवाद रामकाजी घिमिरेले तयार पारेका हुन् ।






