प्रचारका लागी पूर्वी नेपालको यात्रामा ‘हर्ष’ टिम


चलचित्र ‘हर्ष’ को टिम यतिबेला प्रचार प्रसारका लागी देशका विभिन्न स्थानमा पुगिरहेको छ। रिलिज मिति नजिकिदै गर्दा चलचित्रका मुख्य कलाकारहरु खगेन्द्र लामिछाने, बर्षा राउतको साथमा निर्देशक एकता पौडेल पुर्वको यात्रामा निस्किएका छन्। शुक्रबार चलचित्रको टिम झापाको बिर्तामोडस्थित लिंकन कलेज, निधि स्कुल, बाल्मीकी स्कुल, चिल्ड्रेन स्कूलमा पुगेर ‘हर्ष’ को कथावस्तु बारेमा जानकारी दिएका थिए।

मङ्सिर १२ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रले पारिवारिक कथा उठान गरेको छ। एकताको देवयु निर्देशकीय चलचित्रमा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ । आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी चलचित्रमा छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्