दिपाश्री र सलोनको ‘स्त्री’ फागुनमा रिलिज तय


चलचित्र ‘स्त्री’ ले फागुन २९ गतेलाई रिलिज मिति तोकेको छ। जीवन शाहीको लेखन तथा निर्देशनमा तयार भैरहेको चलचित्रको रिलिज मिति तय गर्दै निर्माण टिमले शीर्षक डिजाइन सार्वजनिक गरेको छ ।

मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा तयार भएको चलचित्रमा समिर राईको निर्माण रहेको छ भने सह–निर्मातामा सहदेव बिष्ट, प्रमोद भट्टराई प्रतीक, रिता श्रेष्ठ र मञ्जु राजबंशी रहेका छन्। चलचित्रमा निर्देशक शाहीकै कथा रहेको छ भने पटकथामा उनलाई किशन अर्यालले सहयोग गरेका छन्। चलचित्रमा रामशरण उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, देव महर्जन द्वन्द्व निर्देशक, चन्द्र भण्डारी प्रमुख सह–निर्देशन रहेको छ।


सामाजिक कथामा तयार हुने चलचित्रमा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ, दिनेश डिसी र दीपाश्री निरौला मुख्य भूमिकामा छन्। बालकलाकार दिप्सन चिलवाल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्