सागर लम्साल ‘बले’ को ‘डल्लेले इन्ट्री मार्यो’ को पहिलो झलक सार्वजनिक
अभिनेता सागर लम्साल ‘बले’ प्रमुख भूमिकामा रहेको चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’ को पहिलो झलक सार्वजनिक भएको छ। चैत्र २७ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रको पहिलो झलकमा प्रमुख अभिनेता सागरलाई प्रस्तुत गरिएको छ । सार्वजनिक पोष्टरमा बले हातको औँलाले सिगरेट तानेर झुम्म परेका दृश्यमा देखिएका छन्। पोस्टरले युवापुस्तामा बढ्दो कुलतप्रति निर्देशकले केही सन्देश दिन खोजेको अनुमान गर्न सकिन्छ। पोस्टरमा सागर लम्साललाई मात्रै देखाइएको छ, अन्य कलाकार समावेश गरिएको छैन।

राजु गिरिको निर्देशनमा तयार भएको चलचित्रको अधिकांश छायांकन कास्कीको याङ्जाकोटमा भएको छ। करिब १० प्रतिशत दृश्य काठमाडौंको गागलफेदी आसपास खिचिएको छ। चलचित्रमा पटकथा र संवाद लक्ष्मण सुवेदीले लेखेका छन्।
चलचित्रमा सागर लम्साल (बले) का साथमा रोशनी खड्का, रमेश बुढाथोकी, हेमन्त बुढाथोकी, रबिन्द्र झा, कैलास रावत, बिशाल पहाडी, ध्रुव कोइराला, साबित्रा चिलुवाल, आशा पौडेल, लक्ष्मीनाथ तिमिल्सिना, ओसिन भट्टराई, मोहनकृष्ण श्रेष्ठ, सुचेन्द्र परियार, रामहरि खड्का, रमेश अधिकारी,माधबा खनाल,सुस्मा के सी नबराज गिरि लगायत कलाकारको अभिनय छ। उषा फिल्म्स प्रालि को ब्यानरमा निर्माण भएको चलचित्रमा सावित्री चिलुवाल, आशिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत, सरिता पुरी गिरीको निर्माण रहेको छ।






