अर्जुन सापकोटाको ‘झलिको’ : इन्टरनेटमा तहल्का पिट्दै करोड क्लबमा


पछिल्लो पुस्तामा लोक गायनमा आफुलाई स्थापित गरेका अर्जुन सापकोटा एकपछि अर्को गीत हिट दिदै आएका छन्। बलियो फ्यान क्रेज बनाएका सापकोटाको पछिल्लो रिलिजु गीत हो ‘झलिको’। इन्टरनेटमा रिलिज देखि नै सन्सनी मच्चाउन सफल यो गीत करोड क्लबमा प्रवेश गरेको छ । रिलिज भएको १९ दिनमा युट्युवमा दर्शकले १ करोड बढी पटक गीतलाई हेरेका छन्। सामाजिक संजालमा यो गीतको क्रेज उस्तै रहेको छ। गीतमा अर्जुनलाई मेलिना राई र समीक्षा अधिकारीले स्वरमा साथ दिएका छन्।

अर्जुनले सार्वजनिक गर्दै आएका गीत भन्दा केहि फरक स्वादको गीत मिलेको दर्शकले प्रतिक्रिया दिदै आएका छन्। गीतमा सन्तोष सापकोटाको शब्द र अर्जुन स्वयंको संगीत रहेको छ। प्रेमिल जोडीको प्रेम भावनालाई प्रस्तुत गरिएको गीतमा कृष्ण रेउलेको थेगो, प्रदीप रोदनको कविता वाचन रहेको छ।

भिडियोमा अर्जुन सापकोटा र कुसुम भण्डारीको अभिनय रहेको छ। दुईको साथमा शिवु पाण्डे, राजेन्द्र अर्याल, सन्तोष सापकोटा लगायतलाई भिडियोमा देख्न सकिन्छ। कास्कीको घान्द्रुकमा छायांकन गरिएको भिडिओको कथा दीपा सिंखडा र विशाल घिमिरेले तयार पारेका हुन् भने निर्देशन विशालले गरेका छन्। बुद्ध थापाको छायांकन, दिन्शन शाहको सम्पादन रहेको भिडियोमा मुकेश नेपालीको कोरियोग्राफी रहेको छ।

प्रतिक्रिया दिनुहोस्