चलचित्र ‘लोकन्ती’ को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक
कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र ‘लोकन्ती’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ। ‘लाजै नमानी’ बोलको गीतमा मेलिना राई र नारायण थापाको स्वर, शंकर अधिकारीको शब्द र विकास चौधरीको संगीत रहेको छ।

भिडियोमा चलचित्रका मुख्य कलाकार कुमार न्यौपाने र विमला लिम्बु फिचर्ड छन्। काजु लिम्बूको लेखन रहेको चलचित्रलाई रञ्जित रानाले निर्देशन गरेका छन्।
मङ्सिर २६ गतेबाट रिलिज हुने चलचित्रमा एसराज गराच, ऋचा थापा, विमला लिम्बु, कुमार न्यौपाने र विकाश अधिकारी, दमन रुपाखेती,गोविन्द प्रभात लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ। चलचित्रलाई सन्तोष न्यौपानेले निर्माण गरेका छन्।






