‘मुगलान’ को ‘मेरो प्रियमत’ मा रोमान्टिक प्रभात र स्मारिका


चलचित्र ‘मुगलान’ को नयाँ गीत ‘मेरो प्रियमत’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा प्रताव दास र बेनिशा पौडेलको स्वर, सिर्जना लम्सालको शब्द, किरण भुषालको संगीत र रिदम कँडेलको संगीत संयोजन रहेको छ। गीतको भिडीयोमा प्रभात पाल र स्मारिका ढकाल फिचर रहेका छन् । दुवैलाई प्रमिल रुपमा देखाइएको छ। यस गीतको कोरियाग्राफी देबेन्द्र कुँवरको छ भने छायांकन अजय रेग्मीको छ।

रिहान प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रका निर्माता गोमन सिंह हुन् भने सह- निर्मातामा रिता चौधरी रहेकी छन्। चलचित्रमा प्रभात पाल र स्मारिका ढकालका साथमा श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारले अभिनय गरेका छन्। आशिष ढकालको लेखन तथा निर्देशनमा चलचित्र तयार भएको हो।

प्रतिक्रिया दिनुहोस्