शोभित बस्नेतको ‘पीआर’ ट्रेलर रिलिज


चलचित्र ‘पीआर’ को ट्रेलर रिलिज भएको छ। शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्रले अष्ट्रेलिया पुगेका युवाको संघर्षको कथा बोलेको छ। ऋण खोजेर अष्ट्रेलिया पुगेका युवाहरुको सपना पीआर लिने भन्ने हुन्छ। तर यता नेपालबाट ऋणमा पठाएको छोराले पैसा पठाउन नसक्दा र उताको परिस्थिति बुझ्न नसक्दाको अवस्थालाई ट्रेलरमा देखाईएको छ।

मंसिर २६ गतेबाट अल नेपाल रिलिज हुन लागेको चलचित्रको प्रचारका लागि अष्ट्रेलियामा बसोबास गर्दै आएका आर ए सुरज पौडेल,विनिता कार्की नेपाल आएका छन्। उनीहरुको मुख्य भुमिका रहेको चलचित्रमा राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के.सी.नेपाल, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ। सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्