चलचित्र ‘परिवर्तन’ को नयाँ पोष्टर सार्वजनिक
चलचित्र ‘परिवर्तन’ को नयाँ पोष्टर सार्वजनिक भएको छ। दिब्यासी फिल्म्सको ब्यानरमा तयार भएको चलचित्रको पोष्टरमा प्रमुख पात्रको क्यारेक्टर लुक्स प्रस्तुत गरिएको छ। पोस्टरमा अभिनेता सुशील श्रेष्ठलाई पूर्ण एक्सन अवतारमा देखाइएको छ। घाइते अवस्थामासमेत उनी लडाइँको मैदानमा दुश्मनमाथि बन्दुक तानेर उभिरहेका छन्, जसले उनको पात्र परिवर्तनका लागि सर्वस्व झोक्न तयार रहेको संकेत गर्छ।

अञ्जना बराईली यस पटक प्रहरी इन्स्पेक्टरका भूमिकामा देखिएकी छन्। त्यस्तै, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेलाई पनि क्यारेक्टर लुक्समै पोस्टरमा उतारिएको छ। एक्सन–सस्पेन्स जनरामा निर्माण भएको चलचित्रलाई विजय केरुङ्गले निर्देशन गरेका छन्। दीपक सिवाकोटीको कथा तथा निर्माणमा तयार भएको चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। चलचित्र माघ ९ गतेबाट रिलिज तयारीमा रहेको छ।






