प्रिमियरमा प्रशंसा पाएको ‘अभिमन्यु’ को एडभान्स बुकिङ खुल्यो


प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को अग्रिम टिकट बुकिङ खुला भएको छ । अधिकांश मल्टिप्लेक्सले मंगलबारबाट नै अग्रिम बुकिङ खुला गरेका हुन् ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले चलचित्रलाई आफ्नो काठमाडौंका आउटलेटमा ११ शो उपलब्ध गराएको छ । दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले आफ्ना पाँचवटा चेनमा ११ शो दिएको छ । वान सिनेमाजले दुईवटा आउटलेटमा ६ वटा शो उपलब्ध गराएको छ । विग मुभिजले २, एफक्युबले २ शो दिएको छ । सुशान्त गौतमले निर्देशन गरेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।
‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्