‘पीअर’ लाई लिएर उत्साहित बिनिता र सुरज, अडिसन देखि रिलिजसम्मको अनुभूति


शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘पीअर’ यहि मङ्सिर २६ गतेबाट रिलिज हुँदैछ। रिलिज मिति नजिकिदै गर्दा यसको प्रचारका लागी अष्ट्रेलिया बस्ने दुई कलाकार नेपालमा रहेका छन्।
यहि चलचित्र मार्फत डेव्यु गर्न लागेकी अभिनेत्री हुन् , बिनिता कार्की। चलचित्रलाई लिएर उनी निकै उत्साहित रहेकी छिन् । उनले चलचित्रले अष्ट्रेलिया पुगेका नेपाली युवाको कथालाई चलचित्रले भन्ने बताएकी छिन्।

कसरी सरुवात गरिन् त बिनिताले अभिनय यात्रा ?

सानो छँदा रेखा थापा, झरना थापा, निरुता सिंहको अभिनय र डान्स हेरेर हुकिएकी उनको सपना अभिनेत्री बन्ने थियो। अभिनेत्री बन्ने चाहना हुँदा हुँदै पनि अष्ट्रेलिया पुगेकी बिनिता अहिले शोभित बस्नेतको चलचित्र ‘पीआर’ मा मुख्य भुमिकामा अभिनय गर्न पाउँदा खुशी देखिएकी छिन्। चलचित्रको गीत र ट्रेलरले राम्रै चर्चा पाईरहेको छ । सोहि कारण पनि उनि चलचित्र चल्नेमा आशावादी रहेकी छिन्। यो चलचित्र राम्रै चलेमा र दर्शकले उनलाई रुचाएमा चलचित्र क्षेत्रमा नै रहने सोचाईमा कार्की रहेकी छिन्।


यो चलचित्रका लागी शोभित बस्नेतले अष्ट्रेलियामा नै अडिसन आह्वान गरेका थिए। फेसबुकमा सूचना पाएपछि उनी अडिसनका लागि पुगेकी थिइन्। अडिसनमा सेलेक्ट भएपछी अन्तर्वाता हुँदै उनी चलचित्रको मुख्य नायिकाको रुपमा प्रवेश गरेकी थिइन्। चलचित्र रिलिज मिति नजिकदै गर्दा उत्साह र डरले उनको मन भरिएको छ।

त्यस्तै अष्ट्रेलियामा नै बसेर मोड्लिङ्ग र अभिनयमा सक्रिय रहेका सुरज पौडेल पनि यो चलचित्रमा देखिदैछन्। अष्ट्रेलिया बसाईसंगै अभिनयमा पनि सक्रिय रहेका पौडेल पनि अडिसन मार्फत नै यो चलचित्रमा जोडिएका हुन्। अडिसन खुलेको साथी मार्फत जानकारी पाएपछि उनी यो चलचित्रको टिमसंग जोडिएका थिए। अडिसन पास भएसंगै चलचित्रको करिव डेढ महिनाको वर्कसप समेत भएको थियो। यसले चलचित्रमा काम गर्न अझ सहज भएको सुरजको अनुभूति रहेको छ। चलचित्रको कथाको ९९ प्रतिशत भाग मेरो आफ्नै जीवनजस्तै रहेछ। अष्ट्रेलियामा सुरुका दिनमा युवाले भोग्ने चुनौतीहरू नै कथामा भेटेँ र चलचित्रमा काम गर्ने निर्णय गरेको सुरजको अनुभूत रहेको छ। सुरज चलचित्र अभिनयलाई निरन्तरता दिने सोचमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्