‘मिरमिरे’ टिजर लाई दर्शकको सकारात्मक प्रतिक्रिया


माघ १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘मिरमिरे’ को टिजरले दर्शकको राम्रो साथ पाइरहेको छ। मङ्सिर २० गते रिलिज भएको टिजरले हालसम्म ५ लाख बढी भ्युज पाइरहेको छ भने मुभिज ट्रेण्डीङ्ग चार्टको ५ नम्बरमा रहेको छ। टीजरमा प्राप्त अधिकांश प्रतिक्रिया सकारात्मक रहेका छन्। टिजरमा बाबा र छोरीको इमोस्नल सम्बन्ध देखाइएको छ । आमाको अनुपस्थितिमा बुवासँग रहेकी छोरी र उनीहरूबीचको इमोस्नल सम्बन्धको कथा टिजरमा देख्न सकिन्छ ।

चलचित्रमा बुबाको भूमिकामा दयाहाङ राई छन् भने छोरीको भूमिकामा साइसा गौचन रहेकी छिन्। आमाको अभावमा एक बुबाले लिएको जिम्मेवारी टिजरमा प्रस्तुत छ । दयाहाङ स्कुलमा काम गर्छन् भने सोहि स्कुलमा सिर्जना निङलेखु शिक्षिका छिन्। प्रकाश सपुत पनि टिजरमा देखिएका छन्। त्रिकोणात्मक प्रेम कथा टिजरले संकेत गरेको छ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् । यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेका छन् भने सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्