‘मालती मङ्गले’ सेटमा रोमान्टिक बर्षा र विजय
बर्षा राउत र विजय बराल प्रमुख भूमिकामा रहेको चलचित्र ‘मालती मङ्गले’ को एक गीतको छायांकन यतिबेला भैरहेको छ। सम्पूर्ण सिनहरु सकेर दुई गीत छायांकन बाँकी रहेको चलचित्रको पहिलो गीत ‘ढुङ्गा माथि लेउ’ को छायाङ्कन अहिले भइरहेको छ। रामकृष्ण ढकाल र रीतिका श्रेष्ठको स्वर रहेको गीतमा हर्क साउदको शब्द र एसडी योगीको संगीत रहेको छ। रोशन बिकेले कोरियोग्राफी गरिरहेको गीतमा विजय र बर्षा फिचर रहेका छन्। दुवैलाई रोमान्टिक मुडमा प्रस्तुत गरिनेछ ।

आज काठमाडौंको जर्सिङ पौवामा छायाङ्कन भइरहेको गीतको बाँकी सुटिङ्ग इन्द्रावती नदीमा गरिने निर्माण टिमले जानकारी दिएको छ । गीतलाइ अर्जुन तिवारी र उनको टिमले खिचिरहेको छ। रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भइरहेको चलचित्रका निर्माता रामकृष्ण ढकाल हुन् भने सह–निर्मातामा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत छन्। प्रकु पाण्डेयको लेखन तथा निर्देशन रहेको चलचित्रको पटकथा तथा संवाद संयोग गुरागाईँले तयार गरेका हुन्।

चलचित्रमा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल, सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराई लगायत कलाकारहरूको पनि उपस्थिति रहेको छ।



