‘परिवर्तन’ सुटिङ्गमा रोमान्टिक अञ्जना र सुशील
चलचित्र ‘परिवर्तन’ को एक गीतको छायांकन यतिबेला धमाधम भैरहेको छ। जर्सिङ्ग पौवामा भैरहेको सुटिङ्ग सेटमा मुख्य अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइली रोमान्टिक मुडमा देखिएका छन्। माघ ९ गतेबाट रिलिज हुने चलचित्रमा सुशीललाई पूर्ण एक्सन अवतारमा देख्न सकिनेछ। अन्जना भने प्रहरीको भूमिकामा रहेकी छिन्।

दिब्यासी फिल्म्सको ब्यानरमा तयार भएको चलचित्रमा दीपक सिवाकोटीको लगानी रहेको छ । चलचित्रको कथा पनि निर्माता दिपकले नै लेखेका हुन्। चलचित्रमा सुशील र अञ्जनाको साथमा सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे लगायतका कलाकारको अभिनय रहेको छ । विजय केरुङले निर्देशन चलचित्रमा रहेको छ ।



