‘अभिमन्यु : च्याप्टर–१’ लाई अस्ट्रेलिया र न्युजिल्यान्डमा पाँच सय शो


सस्पेन्स जनरमा पछिल्लो समयको सशक्त चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ नेपालमा प्रदर्शन भैरहेको छ। नेपाली बजारमा राम्रो समिक्षा पाइरहेको चलचित्रले अस्ट्रेलिया र न्युजिल्यान्डमा ऐतिहासिक शो पाएको छ । निर्माण टिमले दिएको जनाकारी अनुसार चलचित्र डिसेम्बर ११ बाट रिलिज हुँदैछ। पहिलो साताका लागी चलचित्रले अस्ट्रेलिया र न्युजिल्यान्डमा पहिलो साता पाँचभन्दा धेरै शो पाएको छ ।

“चलचित्रले अस्ट्रेलिया र न्युजिल्यान्डमा पहिलो साता मात्रै पाँच सयभन्दा धेरै शो पाएको छ,” अभिमन्युका सह–निर्माता रमेश चौलागाईंले भने, “दर्शकको चाप उच्च भएका शो अझे थपिनेछ ।” नेपालमा पाएको राम्रो समिक्षाको प्रभाव डायस्पोरा मार्केटमा देखिने विस्वास सह निर्माता चौलागाईले व्यक्त गरे।

सुशान्त गौतमको निर्देशनमा तयार भएको चलचित्रको कथा, अभिनय र सस्पेन्सको प्रसंसा दर्शकले गरेका छन् भने यसको दोश्रो पार्टको माग पनि भैरहेको छ। यो चलचित्रको क्रिएटिभ निर्देशकमा मदन थापा छन् । चलचित्रमा मुकेश खनालको लेखन छ । विनोद पौडेल र गुञ्जन गिरी निर्माता, रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी वर्देवा, सरिता गिरि, शिशिर वाङ्ग्देल, किरण श्रेष्ठ, गौमाया गुरुङ्ग लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्