‘आ बाट आमा’ को टिजरमा विपना थापाको दमदार अभिनय


चलचित्र ‘आ बाट आमा’ को टिजरले दर्शकको राम्रो प्रतिक्रिया पाईरहेको छ। अभिनेत्री विपाना थापाको दमदार अभिनय र प्रदीप रावतको डाइलगले दर्शकको मन छोएको छ। टिजरमा विदेश जान लागेको छोराको विदाईको अघिल्लो रात पीडामा छटपटिएकी आमाको कथालाई प्रस्तुत गरिएको छ ।

नायक पल शाहको सिरानीमा पासपोर्ट रहेको छ भने उनको बिदाईको क्षण आउने लाग्दा आमाको छटपटी विपना थापाको अभिनय दमदार देखिएको छ। आर्या इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा तयार भएको चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका छन्। चलचित्रमा उनको नै कथा, पटकथा रहेको छ। चलचित्रमा अभिमन्यू निरवीको लेखन ,अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तको संवाद रहेको छ।

चलचित्रमा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी छ । चलचित्रमा विपना थापा, प्रदीप रावत, पल शाह, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, रविन्द्र झा, गजित बिष्ट, अंशु महर्जन, बेगम नेपाली, हेमराज पोखरेल, प्रकाश जंग कुँवर, दिप बहादुर ओखडा लगायतको अभिनय छ । करण सिंह रसाइली कार्यकारी निर्माता रहेको चलचित्रमा नवराज उप्रेतीको छायांकन, गम्भीर बिष्ट र दिलिप ओखडाको कोरियोग्राफी, कोशिश क्षेत्री, थानेश्वर गौतम, बाबुल गिरी, अभी सुनार, चन्द्र पन्तको संगीत, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ । माघ १६ गतेबाट रिलिज हुने चलचित्रको विदेश प्रदर्शन अधिकार केहि देशमा बिक्रि भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्