ज्ञानेन्द्रले सुरु गरे ‘झिङ्गे दाउ २’ को छायांकन
सुपरहिट चलचित्र ‘झिङ्गे दाउ’ को दोश्रो शृंखला ‘झिङ्गे दाउ २’ को छायांकन सुरु भएको छ। पनौतीमा क्यामेरा पुजा गर्दै ६० दिनको सेड्युल लिएर चलचित्रको छायांकन सुरुवात भएको हो। ज्ञानेन्द्र देउजाको कथा र निर्देशनमा तयार भैरहेको चलचित्रमा पहिलो भागका केहि कलाकार हेरफेर भएका छन् भने केहि कलाकार थप गरिएको छ । कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रियू नेपाल प्रा.लिको व्यानरमा निर्माण हुने चलचित्रको बजेट ३ करोड बताइएको छ।

चलचित्रमा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, वसुन्धरा भुसाल, चैत्यदेवी, हिउँवाला गौतम, विजय देउजा, आशा भुसाल, अभय राज बराल र आशिष पुरुष लगायतको अभिनय रहनेछ ।
परिच्छेद सेन, गोविन्द फुयाँल र शिशिर चालिसेको पटकथा तथा संवाद रहेको चलचित्रमा विष्णु घिमिरे कल्पितको डीओपी, रोशन श्रेष्ठको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, मित्र डी गुरुङको सम्पादन रहनेछ ।
चन्द्र भण्डारीको मुख्य सहायक निर्देशन रहने चलचित्रको छायांकन पनौती, काठमाडौं, पाटन, भक्तपुर, साँखु, तनहुँ, बन्दिपुर, देवघाट, चित्लाङ, पालुंग लगायतका स्थानमा गरिनेछ । चलचित्र २०८३ को दशैँमा रिलिज गर्ने लक्ष्य रहेको छ।



