बर्षाको रिक्सामा दंग बल्छी धुर्वे, गोबर गणेश पोष्टरमा के छ ?


हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्व्रे) को पहिलो निर्देशकिय चलचित्र ‘गोबर गणेश’ को पोष्टर सार्वजनिक भएको छ। सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य दुई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा शिवाकोटी फिचर्ड छन् । पोष्टरमा वर्षा रिक्सा चलाइरहेकी छन् भने सोही रिक्सामा बल्छी धुर्बे छन् ।

दुवै प्रशन्न मुद्रामा छन् । उनीहरूको मुहारले उनीहरू खुसीखुसी जिन्दगी बिताइरहेको प्रतित हुन्छ । रिक्सामा फोहोर उठाउने डस्ट प्यान र फोहोर रहेको छ भने बल्छीको गलामा सिठी रहेको छ। यसले दुवै नगरपालिकाको फोहोर उठाउने कर्मचारीजस्ता देखिन्छन् ।

बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्रमा बल्छी र वर्षासँगै विनोद न्यौपाने,पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायत छन् । चलचित्र माघ १ गतेबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्