चलचित्र ‘पीआर’ को टाइटल गीत ‘पीआर को चक्करले’ सार्वजनिक


शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘पीआर’ को टाइटल गीत ‘पीआर को चक्करले’ सार्वजनिक भएको छ। गीतमा मानस राजको शब्द र संगीत, मानस राज र समिक्षा अधिकारीको स्वर र शोभित बस्नेतको कोरियोग्राफी रहेको छ। गीतको भिडियोमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई देख्न सकिन्छ ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी डागी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। त्यसैगरी विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की देखिनेछन्।

प्रेम, संघर्ष र आप्रवासनको संवेदनशील कथामा आधारित ‘पीआर’ को प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन्। चलचित्रका निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन्। चलचित्र यहि शुक्रबारबाट रिलिज हुँदैछ।

प्रतिक्रिया दिनुहोस्