राजेश हमला र सरिता लामिछानेको ‘प्रवासी जीवन’ फागुनमा रिलिज तय


नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले धेरै बर्ष नेपाली चलचित्र क्षेत्रबाट ब्रेक लिए। बर्षौपछि उनी चलचित्र ‘नरसिंहा’ बाट कमब्याक गरे। व्यावसायिक रुपमा त्यति धेरै सफल नभए पनि हमालको कमब्याकले राम्रै चर्चा पायो। अव हमाल अभिनित नयाँ चलचित्र प्रदर्शनको लागी तयार भएको छ। फागुन १५ गतेबाट उनि अभिनित चलचित्र ‘प्रवासी जीवन’ प्रदर्शनमा आउने भएको छ।

नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने सङ्घर्ष सहितको प्रवासी जीवनको कथा बोकेको चलचित्रलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रुपमा निर्देशन गरेका छन् ।

चलचित्रमा राजेश हमाल, सरिता लामिछाने, बुद्धी तामाङ, महादेव अधिकारी, एञ्जेला बस्नेत, गगन सुबेदि, लोकेश भित्रीकोटी, दिव्या न्यौपाने, अबिगेल लुहार, प्रासु गिरि, शिखा अधिकारीसँगै स्वयम् निर्देशक क्षेत्रीले अभिनय गरेका छन् ।

‘सिजल एण्ड सिस्टर फाउन्डेसन फर नेपाल’ को सहकार्यसमेत रहेको चलचित्रका निर्माता रविन आचार्य हुन्। उनले यस अगाडी ‘डाईङ क्यान्डल’, ‘चक्कर’, ‘जय श्री दाम’, ‘केटीएम कक्टेल’, ‘सरिता’ जस्ता फिचर तथा छोटा चलचित्र निर्माण गरेका छन्।

सार्वजनिक पोस्टरको पृष्ठभूमिमा लेखिएको ‘मेन्टल हेल्थ’, ‘एञ्जाइटी’, ‘थेरापी’ जस्ता शब्दले चलचित्रको विषयलाई सङ्केत गरेको छ । चलचित्रको कथा, पटकथा तथा संवाद स्वयम् निर्देशक क्षेत्रीले नै तयार गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्