प्रभात र स्मारिकाको ‘मुगलान’ को ट्रेलर रिलिज
पौष १४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘मुगलान’ को ट्रेलर सार्वजनिक भएको छ। युना डिजिटल युटुब च्यानलमार्फत सार्वजनिक ट्रेलरमा नेपाली युवालाई राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य पारेको कथालाई प्रस्तुत गरिएको छ।

विस.२०५२ साल पछिको सरकार र तत्कालिन बिद्रोही पक्षको चपेटामा परेका युवालाई मुगलान लखेटिएको र मुख्य अभिनेता घर फर्कदा उत्पन्न परिस्थिति नै चलचित्रको मुख्य कथा हो। चलचित्रमा प्रभात पाल ठकुरी र स्मारिका ढकाल मुख्य भूमिकामा रहेका छन्। चलचित्रमा रामचन्द्र अधिकारी,दिनेश डिसी,सविन बास्तोला, श्री शिवांशु, मोती सुबेदी,राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम लगायतका कलाकारको अभिनय रहेको छ।
आशिष ढकालको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रका निर्माता गोमन सिंह हुन् भने को–प्रोड्युसर रिता चौधरी हुन्।



