हलमा रिलिज भयो शोभित बस्नेतको ‘पीआर’
शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘पीआर’ शुक्रबारबाट रिलिज भएको छ। अष्ट्रेलियामा बस्ने युवाहरु त्यहाको ‘पीआर’ लिनका लागी गर्ने संघर्ष र त्यहाको दैनिकी चलचित्रमा प्रस्तुत गरिएको छ। केहि दिन अगाडी सम्पन्न प्रिमियरमा चलचित्रको कथावस्तु र शोभितले प्रस्तुत गरेको सस्पेन्सको प्रसंसा अतिथिले गरेका थिए।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी,आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का,उत्तम के.सी.नेपाल, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ।
चलचित्रको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। बन्दे प्रसादको सम्पादन रहेको छ भने गणेश बुढाथोकीको लेखन रहेको छ। सौरभ सायमी र सौरभ लामाले चलचित्रको छायांकन गरेका छन् ।



