बुबाहरुको संघर्षको कथा बोल्ने बालेनको ‘आम नेपाली बुबा’
पौष ४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘झरिपछिको इन्द्रेणी’को ओएसटी सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह स्वरमा सार्वजनिक र्याप बालेनले आफ्नु वुवालाई समर्पित गरेका छन्। र्यापको कोरसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ समावेश छ । कोरस गायन दीक्षा उप्रेतीको छ ।

‘आम नेपाली बुवा’ शिर्षकको र्यापमा शब्द बालेनको छ । बुवाको संघर्ष, जिम्मेवारी, भावनात्मक सम्बन्धलगायत समाजको यथार्थ र्यापमा समावेश गरिएको छ । भिडियोमा चलचित्रका दृश्यहरू समेटिएको छ ।
अर्जुन घिमिरेको निर्देशनमा तयार भएको चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।
नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको चलचित्रमा निर्देशक घिमिरेको कथा रहेको छ भने पटकथा र संवाद गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह–निर्माता चलचित्रमा रहेका छन्।



