कस्तो छ ‘बिगुल’ को टिजर?


माघ ९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘बिगुल’ को टिजर सार्वजनिक भएको छ। चलचित्रको टिजरले राजनैतिक परिवर्तनको आवस्यकता र त्यसका लागी चल्नेको प्रपन्च कथा बोकेको छ।

रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’ को कथाकार र निर्माता दिनेश कोइराला हुन् । कथाकार,निर्माता कोइरालाले ‘बिगुल’ मा आफूहरुले उठाएको मुख्य मुद्धा र अहिले जेन्जी पुस्ताले राखेको माग,देश बिकास र परिवर्तनप्रति आम नेपालीको चाहनाको बिषय ठ्याक्कै मिल्न गएको बताउँदै आएका छन् ।

चलचित्रमा बेनीशा हमाल,नरेन खड्का, रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,मीरा पण्डित,मानश्री शर्मालगायतको अभिनय छ ।

म्याग्नोलिया ग्रुपको ब्यानरमा कल्पना पौडेलको प्रस्तुति रहेको चलचित्रको पटकथा–सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् । चलचित्रमा सूर्यकान्त कोइराला र महेश कोइराला सहनिर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्