बालेनको र्‍याप गीत दर्शकले रुचाए ,’झरीपछिको इन्द्रेणी’ लाइ कति होला फाइदा ?


बालेन शाहको स्वरमा रहेको र्‍याप ‘आम नेपाली बुवा’ ले दर्शकको राम्रो साथ पाएको छ। बालेनको नै शब्द रहेको यो र्‍यापलाई चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को ओएसटीको रुपमा प्रस्तुत गरिएको छ। दर्शकको राम्रो साथ पाएको यो गीतले रिलिजको २४ घण्टामा नै १० लाख बढी दर्शकको साथ पाएको छ ।

आइतबार राति सार्वजनिक र्‍यापलाई हालसम्म १४ लाख बढी दर्शकले हेरिसकेका छन् भने १४ हजार बराबर दर्शकले प्रतिक्रिया जनाएका छन्। अधिकांश प्रतिक्रिया सकारात्मक रहेका छन्। गीतका शब्द र र्‍यापको कोरसमा समावेश महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताको अंश ‘कुन मन्दिरमा जान्छौ यात्री’ दर्शक तथा श्रोताले रुचाएका छन् । आम नेपाली बाबुको संघर्ष, जिम्मेवारी, भावनात्मक सम्बन्ध लगायत कुरा प्रस्तुत गीतले दर्शकको मन जितिरहेको छ।

यो ओएसटीले चलचित्र प्रचारमा टेवा पुग्ने निर्माण टिमले विश्वास राखेको छ। पौष ४ गतेबाट रिलिज हुने चलचित्र ‘झरीपछिको इन्द्रणी’ लाई अर्जुन घिमिरे पांडेले निर्देशन गरेका छन्। चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।


नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको चलचित्रमा अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह-निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको छन् ।

प्रतिक्रिया दिनुहोस्